scheduleमगलवार फाल्गुन १३ गते, २०७६

घाँस काटेको विषयमा विवाद हुँदा कमलादेवीको हत्या


बुटवल, २८ मंसिर । घाँस काट्ने विषयमा विवाद चर्किँदा रुपन्देहीमा एक महिलाको ज्यान गएको छ । प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ५५ वर्षीया कमलादेवी परियारको हत्या गरेको अभियोगमा स्थानीय २७ वर्षीय विकास गुरुङलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घाँस किन काटेको भन्ने विवाद बढेपछि प्लटिङ गरेको जमिनमा घाँस काट्दै गरेकी कमलादेवीलाई गुरुङले धारिलो हतियार प्रयोग गरेका थिए ।

हतियारको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेको कमलादेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय