scheduleमगलवार माघ ७ गते, २०७६

एट्लेटिको मड्रिड लिगको चौथो स्थानमा उक्लियो

काठमाडौँ, २९ मंसिर । स्पेनिस लिगमा एट्लेटिको मड्रिडले ओसासुनालाई २-० गोलले पराजित गरेको छ ।

एट्लेटिकोलाई जित दिलाउन अल्भारो मोराटा र साउल निगुइजले एकएक गोल गरे । खेलको ६८ औँ मिनेटमा मोराटाले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ७५ औँ मिनेटमा साउलले गोल गरे ।

यस सिजन उच्च फर्ममा नरहेको एट्लेटिकोलाई यो जितले ठुलै राहत मिलेको छ ।

यो जितसँगै एट्लेटिकोले १७ खेलमा २९ अंक जोड्दै लिगको चोथो स्थानमा उक्लिएको छ । ओसासुना २३ अंकका साथ लिगको १० औँ स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय