scheduleमगलवार माघ ७ गते, २०७६

आइतबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

काठमाडौँ, २९ मंसिर । मानिसको आफ्ना आफ्नै स्वभाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार व्यक्ति कुन बार जन्मिएको हो त्यसमा पनि भर पर्ने बताउँछन् । आइतबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ त ?

१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
२. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
७. कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. आइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु  छोड्न चाहन्नन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय