scheduleबुधवार श्रावण २१ गते, २०७७

सिन्धुपाल्चोक बस दुर्घटनाः १२ जनाको मृत्यु, १८ जना घाइते (अपडेट)

काठमाडौँ, २९ मंसिर । सिन्धुपाल्चोकको ६ किलो मोडमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बिहान ८ बजे भएको दुर्घटनामा बस सडकदेखि झण्डै पाँच सय मिटर तल खसेको थियो ।

आइतबार बिहान सवा ८ बजे बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने मृतकहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय