scheduleमगलवार माघ ७ गते, २०७६

१४ मृतक मध्ये १२ जनाको सनाखत (अपडेट)

सिन्धुपाल्चोक, २९ मंसिर । दोलखाको कालिञ्चोक तिर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ कि लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनको श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष ७ की सबना तामाङ,सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लीङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको प्रहरीले जनाएको  छ । बाँकी दुइजनाको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल १४ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय