scheduleबिहिवार श्रावण २९ गते, २०७७

जामियाका विद्यार्थीको ट्विट गल्तीले लाइक गरेँः अक्षय कुमार

एजेन्सी, ३० मंसिर । मोदी सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोधमा भारतभर प्रदर्शन भइरहेको छ ।

आइतबार भारतकै प्रमुख विश्वविद्यालयमा पर्ने जामिया मिल्लिया इस्लामियाका विद्यार्थी र शिक्षकले समेत नागरिकता संशोधन कानुनको विरोध गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा अनुमतिबिना नै प्रहरी विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थी र शिक्षकमाथि धरपडक गरेको थियो ।

शैक्षिक संस्थाभित्र प्रहरी प्रवेश गरी विद्यार्थी र शिक्षकमाथि हातपात परेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

जामियामा भएको विरोध प्रदर्शनलाई लिएर बलिउड अभिनेता अक्षय कुमारले एउटा ट्विट गरेका छन् । अक्षयको उक्त ट्विट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अक्षय कुमारले आफ्नो ट्विटमार्फत जामियाका विद्यार्थीको ट्विट गल्तीवश लाइक गरेको प्रस्ट पारेका छन् ।

‘यो ट्विट जामिया मिल्लियाका विद्यार्थीको ट्विट लाइक गरेकोबारेमा हो’, अक्षयले आफ्नो ट्विटमा लेखेका छन्, ‘गल्तीले लाइक भएको हो । मैले स्क्रल गरिरहँदा गल्तीले लाइक बटन थिचियो । मैले यो कुरा थाहा पाउनेबित्तिकै अनलाइक गरेँ । मैले यस खालका गतिविधिलाई कुनै पनि हालतमा समर्थन गर्दिनँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय