scheduleमगलवार फाल्गुन १३ गते, २०७६

श्रेष्ठ र लेखकले बधाई दिँदा नेम्वाङ मुसुक्कै !

काठमाडौँ, २ पुस । । ‘बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने पर्ने पात्रचाहिँ मुसुमुसु हाँस्दै थिए ।

एकातिर संवैधानिक निकायमा पदपूर्तिको निम्ति बैठकको गणपूरक संख्यासम्बन्धी अध्यादेश रोकिएको छ, अर्कोतिर पूर्वमाओवादीको असन्तुष्टिका बाबजुद संसद चलाउने परिपक्व व्यक्तिको नाममा मोटामोटी सहमति जुटेको संकेत मिल्दैछ ।

‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षजस्ता मुख्यमुख्य पद पूर्वएमालेले लिने भएपछि एकताको भावनाको कहाँ कदर भयो ?’ यसो भनेर पूर्वमाओवादीबाट तीव्र असन्तुष्टि आइरहे पनि सभामुखको हकमा त्यो कोणबाट नहेरौं, सदन चलाउने परिपक्व र अनुभवी पात्र तय गरौं भन्नेमा लगभग कुरा मिलेको स्रोतले बतायो ।

एकताको सन्देश दिने गरी अन्य जिम्मेवारी दिने कुरामा पूर्वएमालेबाट प्रतिबद्धता जनाएपछि त्यस्तो वातावरण बन्न लागेको हो ।

सहमति नजिक पुगेका व्यक्ति उनै हुन्, जसले आइतबार होटल समिटमा अनौपचारिक बधाई पाएका थिए, संविधानसभाको अध्यक्षसमेत भइसकेका नेकपा संसदीय दलका दलका उपनेता सुवास नेम्वाङ । उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी प्यूठानी सांसद तथा पुराना वामनेता मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई अगाडि सार्ने तयारी छ । जनआस्था साप्ताहिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय