scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

तपाईंलाई थाहा छ चामलका बारेमा आठ अनौठा तथ्यहरु ?


चामल हाम्रो भोजनको महत्वपूर्ण हिस्सा हो । कतिपय मानिसहरुलाई भात नखाईकन पेट नै भरिँदैन । तर के तपाईंलाई चामलको बारेमा केही रोचक तथ्यहरु थाहा छ ? यहाँ हामी चामलको बारेमा ८ रोचक यथार्थहरु पस्कँदैछौं ।

  • संसारमा चामल (धान)का ४० हजार प्रजातिहरु छन् । जसमा ४ हजार प्रकारका धानको व्यापारिक उत्पादन नै हुन्छ ।
  • २०१० मा संसारभरीमा ७४ करोड ५७ लाख १० हजार टन चामलको उत्पादन भएको थियो । चामलभन्दा धेरै उत्पादन हुने केवल उखु मात्र हो ।
  • एकजना एसिएनले वर्षभरीमा ५० किलो चामलको उपभोग गर्दछ । तर, एक ब्रिटिशले सरदर ६ किलो मात्र चामलको उपभोग गर्दछ ।
  • जापानको निगिनी–नो–मिकोतोले चामलका प्रजातिहरु बनाउनमा विशिष्टता हासिल गरेको थियो ।
  • शेक्सपियरले आफ्नो रचना ‘विन्टर्स टेल’मा चामलको संकेत प्रयोग गरेका छन् ।
  • सन १९७८ मा भातलाई खेलको बीचमा खाजाको रुपमा दिइने अनुमति मिलेको थियो ।
  • चीनमा ढोकालाई बलियो बनाउन चामलको माड प्रयोग गरिएको हुन्छ ।
  • जापानी भाषामा टोयोटाका मतलब धानको सुन्दर खेत भन्ने हो । यस्तै, होन्डाको मतलब धानको खेतमा व्यक्ति उभिनु भन्ने हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय