scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

बजेट छलेर अर्बौं खर्चिने प्रवृत्ति बढ्दै, विनियोजन बजेट बाहिरैबाट २८ अर्ब माग

काठमाडौं, ५ पुस । सरकारका विकासे मन्त्रालय र विभिन्न निकायले नियमित बजेट छल्दै गैरबजेटरीमार्फत अर्बौं रुपैयाँ खर्चने पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेका छन् ।

चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनाको अवधिमा मात्रै विभिन्न निकायले गैरबजेटरी शीर्षकबाट २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ खर्चेका छन् ।

गैरबजेटरी शीर्षकमा विभिन्न मन्त्रालय र निकायले अर्थ मन्त्रालयसँग २८ अर्ब ३७ करोड रुपैयाँ माग गरेका छन् ।

वार्षिक बजेट उल्लेख नभएका कार्यक्रमका लागि विकासे मन्त्रालयले त्यति धेरै परिमाणको रकम माग गरेका हुन् ।

गैरबजेटरी शीर्षकबाट खर्च गर्नुलाई वित्तीय अनुशासन मान्न सकिँदैन । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय