scheduleबिहिवारमाघ १५ गते, २०७७

जलवायु परिवर्तनले पति-पत्निको सम्बन्धमा पनि असर पार्छ !


काठमाडौं । जलवायु परिवर्तनलाई दुनियाँका कयौं अप्रिय घटनाहरुका लागि जिम्मेवार मान्न थालिएको छ । तर यसले पति–पत्नीको बीचको शारीरिक सम्बन्धलाई पनि यसले असर पार्दछ भन्ने थाहा पाउँदा तपाईलाई अनौठो लाग्न सक्छ ।

हालसालै गरिएको एक ताजा शोधका अनुसार, गर्मी मौसममा शारीरिक सम्बन्धप्रति विकर्षण बढ्ने तथ्य पत्ता लागेको हो । नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चको रिपोर्टमा बताइएको छ, गर्मी मौसमको सिधा सम्बन्ध Coital frequency मा पर्दछ जसले जन्मदरमा पनि प्रभाव पार्न सक्दछ ।

शोधकर्ताहरुले ८० वर्षको फर्टिलिटी रेट र तापमानको तथ्यांकलाई तुलना गरेपछि निष्कर्ष निकालेका छन् कि गर्मीले जन्मदरमा पनि गिरावट ल्याएको छ ।

पछिल्ला अधिक गर्मीका दिनहरुमा जन्म दर ०.४ प्रतिशतसम्म कम भएको पाइएको छ । ट्युनेल युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया र युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाको अध्ययनका अनुसार तथ्यांकहरुको विश्लेषणको आधारमा भनिएको छ, यदि अब पनि ग्लोबल वार्मिङलाई रोक्न केही गरिएन भने अमेरिकामा आउँदा दिनहरुमा ६४ दिनमा ८० डिग्री फरेनहाइट तापक्रम रहनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay