scheduleमगलवार चैत्र २५ गते, २०७६

दर्जनौं चर्चित गीतका सर्जक तथा संगीतकार गुरुङको निधन


पोखरा, ६ पुस । विभिन्न चर्चित गीतहरुका सर्जक पोखरेली गीतकार सुक गुरुङको निधन भएको छ ।

मृगौलाको समस्याबाट ग्रसित गुरुङको आइतबार बिहान ६ः३० बजे निधन भएको हो । लामो समयदेखि मृगौलाले काम गर्न छाडेपछि नियमित डायलासिस गराउँदै आएका गुरुङको उपचारमा सहयोगको लागि ०७३ मा पोखरामा ‘सुक गुरुङ उपचार सहयोग समिति’ गठन गरिएको थियो ।

गीतकार र संगीतकार समेत रहेका गुरुङले ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरेले’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘पिउनेछु बरु आँखाको आँसु’, ‘आँखैमा झल्झली, हितैको दौंतरी’, ‘दाेबाटाेमा आँखाहरू नजुधेका हैन’, ‘भाइटीकामा भेट्न आउँला बिदाई छ आजलाई’ लगायत दर्जन चर्चित गीतको सर्जक रहेका गुरुङ संगीत सिर्जनामा पनि सक्रिय थिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय