scheduleबिहिवारबैशाख ९ गते, २०७८

उपभोक्तालाई धम्की दिएको भन्दै विप्लवका दुई कार्यकर्ता पक्राउ


धनगढी, ८ पुस । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए । स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको मुद्दा गरी दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay