scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

जहाँ पहिलो पटक गाडी पुग्यो

फाइल फोटो

अछाम, १० पुस । मंगलसेन नगरपालिका वडा नम्बर १३ को बस्ती सडक सञ्जालमा जोडिएसँगै पहिलो पटक गाडी पुगेको छ । मंगलसेनबाट बस्तीसम्म सडक निर्माणको काम सकिएपछि बोलेरो गाडी गाउँमै पुगेको हो ।

गाउँमै गाडी पुगेपछि स्थानीय खुशी भएका छन् । गाउँमा पहिलोपटक पुगेको से १ ज ९५१ नम्बरको गाडी र चालक विराज अधिकारीकालाई स्थानीयले फूलमाला, अबिर लगाएर भब्य स्वागत गरेका थिए । २०६६ सालदेखि बस्तीको सडक निर्माणको काम सुरु भएको थियो । झण्डै ११ बर्षपछि सडक निर्माणको काम सकिएसँगै पहिलो पटक गाडी पुगेको हो ।

अब गाडी चढ्न पाउने भएपछि आफूहरुलाई निकै खुशी लागेको स्थानीयले बताएका छन् । बस्तीबाट झण्डै ४ घण्टा पैदल हिडेर मङ्गलसेन आउनुपर्ने बाध्यता अब हट्ने आशा पलाएको स्थानीय शिक्षक दानबहादुर थापाले बताए । नगरपालिकाको विकट वडा रहेको बस्तीमा अहिले विद्युत् जडानको काम समेत चलिरहेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय