scheduleबुधवार जेष्ठ १४ गते, २०७७

लगानी लुम्बिनीमा, समृद्धि देशमा


रुपन्देही, १२ पुस । जलविद्युत्मा लगानीसम्बन्धी नीति तयार नुहँदा लगानीमा अन्योल देखिएको छ । नेपाल धितोपत्र बोर्डका निर्देशक नारायणप्रसाद शर्माले १६ जलविद्युत् कम्पनीको शेयर १०० भन्दा तल झरेको जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य सङ्घद्वारा शनिबार बुटवलमा आयोजित २०औँ संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को कार्यक्रममा उनले जलविद्युत् क्षेत्रमा लगानी बढाउन लगानीमैत्री नीति बनाउन आग्रह गरे ।

‘पूँजीबजारसम्बन्धी सचेतना तथा अन्तक्रिया’ कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनप्रसाद ओझाले शेयरमा लगानी गर्न चाहनेले लगानी सुरक्षा र कारोबार सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिए ।

Dish_Home

पर्यटन प्रवर्द्धन उपसमितिका संयोजक सञ्जय कलवार जयशवालले मेलाका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय