scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

रित्तिदै कर्णालीका गाउँहरु

जुम्ला, १३ पुस । कर्णाली प्रदेशका अधिकांश जिल्लाका युवादेखि बच्चासम्म भारतको काला पहाड कामको खोजीमा जाने गरेका छन् । हरेक वर्ष हिउँद महिनामा कर्णालीका प्राय युवा रोजगारी खोज्दै काला पहाड पुग्ने गर्छन् ।

यसरी युवा जति विदेशिएपछि गाउँबस्ती सुनसान मात्रै भएका छैनन्, दक्ष जनशक्तिको अभाव पनि भएको छ । जुम्लाका युवा पनि भारतका हिमाञ्चन, गढ्वाल, भावर लगाएतका क्षेत्रमा काम खोज्दै पुग्ने गरेका छन् ।

कतिपयले आफ्नो सन्तानलाई कालापाहड पठाउँछन् भने महिलाहरु पनि कामको खोजीमा भारत जाने गरेका छन् । भारत जानेक्रम बढ्दै जाँदा गाउँमा खेतबारगर्ने मान्छे भभएको तिला ३ दानिबाडाका चन्द्रा रावतले बताए । भारत जानेहरुले सानो तिनो रोजगारी गर्छन् ।

कमाएको पैसा घर फर्किंदा लत्ता कपडा, नुन भुटुन र भाँडाकुँडा किन्दैमा सकिने स्थानीय शान्ती तिरुवाले बताए । दुई चार पैसा कमाउन काला पहाड जानेहरुलाई गाउँमै रोजगारीको अवसर सृजना गर्न स्थानीय सरकारले सकिरहेका छैनन् । उनिहरुलाई सीप सिकाउन र रोजगारी दिलाउन सके कर्णालीका गाउँहरु समृद्धिको बाटोमा हिंड्ने छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय