नेकपाले आज पनि सभामुखको टुंगो लगाउन सकेन, सचिवालय बैठक निष्कर्षविहीन
काठमाडाैं, १३ पुस । आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठक कुनै निष्कर्षबिना टुंगिएको हो ।
समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा छलफल गर्न आज आइतबार नेकपाको सचिवालय बैठक बोलाइएको थियो ।
साथै बैठकमा मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे समेत छलफल हुने कार्यतालिका थियो ।
गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।