scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

शार्कको पेटमा भेटियो मान्छेको हात र ब्रेसलेट

पेरिस, १३ पुस । फ्रान्सेली द्वीप ला रियुनियनको तटबाट शुक्रबार पक्रिएको ११ फिट लामो टाइगर शार्कको पेटबाट मानिसको दुई हात र एक ब्रेसलेट भेटिएको छ ।

शार्क समाउने कार्यक्रमका शोधकर्ताका अनुसार भेटिएको मानिसको हात ४८ घण्टा अगाडि शार्कले खाएको थियो । डिसेम्बरको बीचमा हराएका एक व्यक्तिको परिवारले ब्रेसलेट चिनेका छन् । यद्यपि, उक्त व्यक्तिको हत्या भएको हो कि शार्कको हमलाबाट मृत्यु भएको भन्ने खुलेको छैन ।

सन् २०१३ मा शार्कले हमला गर्न थालेपछि स्थानीय प्रशासनले ला रियुनियन तटमा सर्फिङसहितका अन्य गतिविधिमा रोक लगाएको थियो ।

मानिसमाथि शार्कले गर्ने हमलालाई रोक्नका लागि गरिएका अध्ययनले विगत ९ वर्षयता हिन्द महासागरमा मात्रै शार्कले २४ पटक मानिसमाथि हमला गरेको देखाउँछन् । जसमध्ये ११ वटा हमला निकै घातक थिए ।

यो वर्ष शार्कको हमलामा परी १ जनाको ज्यान गइसकेको छ । विशेषगरी माछा मार्ने मानिस र सर्फरहरुमाथि शार्कले हमला गर्ने गरेको पाइन्छ ।

नोभेम्बर महिनाको सुरुमा समेत शार्कको पेटबाट एकजना व्यक्तिको हात फेला परेको थियो । ती व्यक्ति स्नर्किलिङ लैगुनबाट २ दिन पहिला बेपत्ता भएका थिए । हातमा रहेको औंठीबाट एक महिलाले उक्त हात आफ्नो पतिको भएको बताएकी थिइन् । उक्त घटनामा समेत ती व्यक्तिको मृत्यु कसरी भयो भनेर पुष्टि हुन सकेको थिएन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय