scheduleमगलवार चैत्र २५ गते, २०७६

किन बरालियो संघीयताको बाटो ?

हेमराज राई

नेपालमा लाेकतन्त्रीकरण र संघीयकरण फरक-फरक कुरा हैनन् । संघीयता लाेकतन्त्रीकरण कै एक कार्यभार हाे । लाेकतन्त्रले अधिकारकाे प्रत्याभूति, शक्तिकाे निक्षेपण, भाषिक, सांस्कृतिक अधिकार र पहिचानलाई मान्यता प्रदान गर्दछ । तसर्थ संघीयकरण कै एक पक्ष हाे ।

तर लाेकतन्त्रीकरणकाे युगका मुख्य दल कांग्रेस र कम्युनिष्टले याे यथार्थ बुझेनन् । किन बुझेनन् ? त्यसको पनि कारण छ । कांग्रेसले बेलायती संसदीय प्रणालीलाई आदर्श मान्याे । साेभियत प्रणाली र चिनियाँ नयाँ जनवादलाई आदर्श मानेर कम्युनिस्टहरू अगाडि बढे । उनीहरुले नेपालकाे सामाजिक संरचना र माैलिक चरित्र अनुरूपको राजनीतिक प्रणाली र राज्य निर्माण गर्न सकेनन् । त्यतातिर उनीहरुकाे ध्यान गएन । नेपाली समाजकाे माैलिक यथार्थलाई प्रतिबिम्बत गर्ने राज्य, शासकीय स्वरुप,राजनीतिक प्रणाली र निर्वाचन प्रणाली स्थापित गर्ने काम बाँकी रह्याे ।

यसाे हुनुमा संघीयता पक्षधरहरुकाे पनि कमजाेरी छ। जस्ताे हामीले जातीयता भन्ने शब्द प्रयाेग गर्‍यौं । संघीयता भनेकाे जात-जातकाे कुरा रहेछ भन्ने पर्‍यो । जेलाई जातीयता भन्याैं त्याे राष्ट्रियता थियाे । हामीलाई चाहिएकाे उत्पीडित राष्ट्रियताहरुकाे मुक्ति थियाे । त्यसका लागि संघीयता चाहिएकाे थियाे ।

Dish_Home

यति कुरा कांग्रेसले नबुझ्ने हैन। जस्ताे भारतमा संघीयता छ । कांग्रेस भारतीय राजनीति र समाजबाट प्रभावित पार्टी पनि हाे । तर, नेपाली कांग्रेसले याे पाटाे बुझेन । कम्युनिस्ट सिद्वान्तमा पनि संघीयता थियाे । जस्ताे कि लेनिनले राष्ट्रहरूकाे आत्मनिर्णयकाे अधिकार भन्ने लामाे थेसिस लेखे । नेपालका कम्युनिस्ट लेनिनवादी त भए तर याे थेसिस हेरेनन्। यी कारणले नेपालकाे संघीयकरण जटिल बन्याे ।

हेमराज राई

नेपालकाे संघीयकरणकाे मुख्य समस्या नमिलेकाे सिमाङ्कन नै हाे । दुई वटा प्रदेश मिलेकै छ । कर्णाली र मधेश मिलेका प्रदेश हुन् । यी दुई प्रदेश सामान्यता पहिचानमा आधारित छन् । तर अरू प्रदेश मिलेका छैनन् । नमिलेका प्रदेशबाट संघीयताको मर्म पूरा हुन गार्‍हो छ । अहिलेकाे नमिलेकाे सिमाङ्कनलाइ जति छिटाे मिलाउन सकियाे, संघीयकरण त्यति नै प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।

हुनत आर्थिक दृष्टिकोणबाट पनि समस्या छ। वित्तीय संघीयता लागू गरिएकाे छैन। कर उठाउने अधिकार निक्षेपण खासै गरिएकाे छ‌ैन । केन्द्रले नै अनुदान दिइरहेकाे छ । तर याे मुख्य समस्या हैन । संघीयकरणकाे प्रारम्भिक चरणमा यस्ताे हुन्छ । प्रदेशकाे संरचनाहरु निर्माणाधीन छन् । यी काम हुँदै जालान् । तर, यहाँ जे कारणले संघीयता खाेजिएकाे थियाे, त्याे सम्बोधन हुन दिइएन । ठूलाे समस्या यहाँनेर परेकाे छ ।

राज्यकाे चरित्र र आर्थिक विकासबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । राज्यकाे चरित्र जस्ताकाे त्यस्तै राखेर समृद्धि संभव हुंदैन । राज्य कस्ताे हुनु पर्छ त ? राज्य समाजकाे माैलिक संरचना अनुरूपकाे हुनु पर्छ । नेपालकाे माैलिकता भनेकै विविधता हाे । विविधताकाे संवाेधनका लागि संघीयता र समावेशिता हाे, याे काम प्रभावकारी भएन ।

(समाजवादी पार्टीका प्रशिक्षण विभाग प्रमुख राईसँग कुराकानीमा आधारित)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय