scheduleसोमवार जेष्ठ १२ गते, २०७७

प्रदेश नं. ३: मन्त्रिपरिषद बैठकद्वारा २१ गते प्रदेशसभाको बैठक आह्वान


मकवानपुर, १४ पुस । प्रदेश नं. ३ को प्रदेश सरकारले यही पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिकरुपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय