scheduleबुधवार जेष्ठ १४ गते, २०७७

इराकस्थित अमेरिकी राजदूताबासमा तोडफोडको प्रयास

एजेन्सी, १५ पुस । इरान समर्थित शिया लडाकु समूहमाथि भएको हवाइ आक्रमणको विरोध गर्दै इराकको राजधानी बगदादस्थित अमेरिकी राजदूताबास बाहिर विशाल प्रदर्शन भएको छ । सो क्रममा प्रदर्शनकारीले राजदूताबास वरपर तोडफोडको प्रयास समेत गरेका छन् ।

मंगलबार अमेरिकी राजदूताबास बाहिर सर्वसाधारण र मिलिसिया लडाकुहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘अमेरिका मुर्दावाद’ जस्ता नारा लगाएका थिए । त्यस्तै प्रदर्शनकारीले राजदूतबासमा पानीका बोत्तल प्रहार गरेका थिए भने सुरक्षाका लागि राखिएका क्यामेराहरु फुटालेका थिए ।

Dish_Home

आइतबार अमेरिकी सेनाले इरान समर्थित कताइब हेजबुल्लाह लडाकु समूहमाथि हवाइ आक्रमण गरेको थियो । इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको २ दिनपछि उक्त हवाइ आक्रमण भएको हो । हवाइ आक्रमणमा परी २५ शिया लडाकुको ज्यान गएको थियो भने ५५ लडाकु घाइते भएका थिए ।

आइतबारको हवाइ आक्रमणपछि इराकमा अमेरिकी समर्थित समूह र इरान समर्थित समूहबीच द्वन्द्व बढ्ने चिन्ता समेत व्यक्त गर्न थालिएको छ ।

इराकी अधिकारीले हवाइ आक्रमणको विरोध गरेका छन् । आक्रमणपछि उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी अमेरिकाले नै लिनुपर्ने उनीहरुले बताएका छन् । त्यस्तै कताइब हेजबुल्लाहले अमेरिकासँग हवाइ आक्रमणको बदला लिने चेतावनी दिइसकेको छ ।

तर अमेरिकी अधिकारीले भने हवाइ आक्रमणको बचाउ गरेका छन् । रकेट आक्रमणमा आफ्ना एकजना नागरिक मारिएपछि सुरक्षाका लागि हवाइ आक्रमण गरिएको उनीहरुको भनाइ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय