scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

के तपाईलाई थाहा छ कुकुरले कसरी व्यक्त गर्छ तपाईप्रतिको माया ?

काठमाडौं । कुकुर पाल्नु भएको छ ? पाल्नु भएको छ भने कुकुरले तपाईलाई पक्कै पनि माया मान्दछ होला ? अनि पालेको कुकुरले माया नमानेको वा मन नपराएको कसरी थाहा पाउनुहुन्छ ? माया गरेको कुरालाई थाहा पाउन कुकुरले यी हाउभाउ वा संकेत देखाउँछ ।

१. यदि कुकुरले तपाईलाई माया गर्दछ भने तपाईलाई देख्ने वित्तिकै तपाईसामु आएर तपाईसँग लटपटिने गर्दछ । कुकुरले अंगालो हालेको मन पराउँदैन बरु सुम्सुम्याएको मन पराउँदछ भन्ने कुरालाई पनि तपाईले ख्याल गर्नुपर्दछ । तपाईले कुकुरलाई सुम्सुम्याउनु भयो भने तपाईलाई अति मन पराउँछ, र तपाईलाई देख्ने बित्तिकै उसले पनि तपाईलाई सुम्सम्याउँछ ।

२. कुकुर खुशी हुँदा मुख र जिव्रोलाई खुकुलो पारेर हाइ गर्दछ । यदि तपाईलाई देख्ने बित्तिकै कुकुरले हाइ गर्यो भने तपाईको उपस्थितिका कारण उसले आनन्द मानेको हो भनेर बुझ्नुपर्दछ । तपाईलाई देखेर कुकुर खुशी हुनु भनेको आत्मीयता र निकटताको कारण हो ।


३. कुकुरले आफ्ना खुट्टाले होइन, आँखाले तपाईलाई अँगालो मार्दछ । तपाईको आँखामा कुकुरले एकोहोरो हेर्यो भने यो मायाको संकेत हो । यसका साथै कुकुरसँग आँखा मिलाउँदा मानिस र कुकुर दुवैमा माया बढाउने हर्मोन अक्सिटोसिन वृद्धि हुन्छ ।


४. कुकुरले माया दर्शाउने अर्को तरिका भनेको पुच्छर हल्लाउनु हो । तर खुशी हुँदा कुकुरले दाहिनेतिर ढल्काएर पुच्छर हल्लाउँदछ भने बेखुसी भएको वा आत्तिएको बेला भने देब्रेतिर ढल्काएर पुच्छर हल्लाउँछ ।


५.यदि तपाई घरबाट निस्कदा कुकुर दुःखी वा चिन्तित भयो भने यो मायाको अर्को लक्षण हो । मानिसझैं कुकुरले पनि विछोड हुँदा चिन्ता व्यक्त गर्दछ । विशेष गरी तपाई फर्केर आउनुहुन्न भन्ने कुकुरलाई लाग्यो भने उ निकै निराश देखिन्छ । तर तपाई फर्केर आउनुहुन्छ भन्ने लाग्यो भने कुकुर शान्त देखिन्छ ।


६. माया गर्ने कुकुर तपाई घर फर्केर आउँदा निकै खुशी हुन्छ । तपाईलाई देख्ने वित्तिकै पुरै शरीर यता र उता हल्लाउँछ । घर फर्कदा तपाईलाई मतलव गरेन भने कुकुरले तपाइलाई हेर्ने कोणमा केही न केही खराब छ भन्ने बुझ्नुपर्दछ ।

७. तपाईलाई माया गर्ने कुकुरले केही क्रियाकलाप वा सम्पर्क आफैं शुरु गर्दछ । जस्तो कि कुनै खेलौना ल्याएर तपाईलाई दिन्छ भने यसको अर्थ यस भन्दाअगाडि त्यो खेलौनासँग तपाईसित खेल्दा निकै रमाइलो मानेर त्यसो गरेको हो भन्ने बुझ्नुपर्दछ । सोही रमाइलोको कारण बारम्बार त्यही क्रियाकलापलाई दोहोर्‍याइरहन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय