scheduleसोमवार आश्विन १२ गते, २०७७

जुम्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी थालियो

जुम्ला, १७ पुस । जुम्लामा राष्ट्रिय जनगणना २०७८ को तयारि थालिएको छ । तथ्याङ्क विभाग जुम्लाले जिल्लामा १२ औं जनगणना को आवश्यक तयारि थालेको हो ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नाराका साथ जनगाणनालाई सफल बनाउन तयारी थालिएको तथ्याङ्क विभाग जुम्लाका प्रमुख शंकर भट्टले बताए । उनका अनुसार नेपालमा २०७८ वैशाख २५ देखि जेठ १८ गतेसम्म घरपरिवार सूचीकरण हुनेछ भने २०७८ जेठ २५ देखि असार ८ सम्म मुल गणना र असार ८ मा जनगणना दिवस मनाउने कार्यतालिका रहेको छ ।

विभागले कक्षा १२ उत्तिर्ण गरेकालाई गणकका रुपमा र स्नातक उत्तिर्ण गरेकालाई सुपरिवेक्षकको रुपमा करारमा नियुक्ति गर्ने कार्यलय प्रमुख भट्टले जानकारी दिए । १२ औं जनगणनालाई विश्वसनीय, प्रभावकारी र सफल बनाउन तथ्याङ्क विभाग जुम्लाले सुझाव सङ्कलन समेत गरेको छ ।

जुम्लाका स्थानीयले शिक्षकलाई गणक नबनाउन विभागलाई सुझाव दिएका छन् । २०६८ को जनगाणनामा शिक्षकलाई गणक बनाउदा विद्यार्थिको पढाई ठप्प भएको स्थानीय दुर्गा प्रसाद पाण्डेले बताए । राज्यले बहुउपयोगि मानिने जनगणनामा सबै पक्ष समेट्नु पर्नेमा नागरिकको जोड रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय