scheduleशुक्रवार आश्विन ९ गते, २०७७

पोखरा आसपास भूकम्पको धक्का


पोखरा, १७ पुस । कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ । विहीबार राति ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

कास्कीको घाचोकलाई केन्द्रबिन्दू गरेर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बुधबार दिउँसो ४:३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय