scheduleबुधवार जेष्ठ १४ गते, २०७७

इरानी जनरल मारिएपछि अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- इराकबाट तत्काल फर्कनू

एजेन्सी,  १८ पुस । अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अपिल गरेको छ ।

विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना वरिष्ठ कमाण्डर मारिएपछि अमेरिकी विदेश मन्त्रालयले यस्तो अपिल गरेको हो । मध्यपूर्वमा तनाव चर्किने भन्दै विदेश मन्त्रालयले ट्विटरमार्फत् आफ्ना नागरिकलाई इराक छाड्न अपिल गरेको हो ।

Dish_Home

‘इराक र मध्यपूर्वमा तनाव चर्किएकाले हामी अमेरिकी नागरिकलाई तत्काल इराकबाट फर्किन अपिल गर्दछौं’, विदेशमन्त्रालयको ट्विटरमा भनिएको छ, ‘इरान समर्थित मिलिसियाद्वारा अमेरिकी राजदूताबासमा भएको आक्रमणपछि सबै कन्सुलर कार्य निलम्बन गरिएको छ र अमेरिकी नागरिकलाई राजदूताबासमा नजान अनुरोध छ ।’

त्यस्तै फ्रान्सले समेत आफ्ना नागरिकलाई इरानमा भेला नहुन भनेको छ । साथै फ्रान्स सरकारले सार्वजनिक स्थलमा तस्बिर नखिच्न समेत भनेको छ ।

शुक्रबार भएको अमेरिकी हमलामा परी इरानका वरिष्ठ जनरल कासिम सुलेमानी र इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुखसहित १२ मारिएका थिए ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टी गरेको हो ।

‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीका क्रममा क्वासिमको मृत्यु भएको हो,’ पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानी मारिएको पेन्टागनले जानकारी दिएको छ । वक्तव्यमा इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ । यस समयमा अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको प्राप्त समाचारमा जनाइएको छ ।

इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हेलिकोप्टरबाट आक्रमण गरेर मारेको जनाएको छ । देश बाहिर गोप्य गतिविधिहरू गर्नेगरी सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ता स्थापना गरिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय