scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

एजेन्सी, १८ पुस । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका  छन् ।

इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो । उनले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताएको समाचारमा जनाइएको छ ।

Dish_Home

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको समाचार यसअछि नै आएको थियो ।

कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताएका  छन् ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय