scheduleबुधवार जेष्ठ १४ गते, २०७७

विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन : राष्ट्रसंघ प्रमुख


संयुक्त राष्ट्रसंघ, १८ पुस । अमेरिकाले इराकको राजधानी बग्दादको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तराष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै शुक्रबार चिन्ता व्यक्त गरेका हुन् ।

उनले भने, ‘विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन ।’

Dish_Home

‘राष्ट्रसंघका महासचिवले निरन्तर रूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनुभएको छ,’ गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्नेछ । विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त राज्य अमेरिकाले शुक्रबार नै आफ्नो सेनाले कासिम सुलेमानीलाई मारेको घोषणा गरेको थियो ।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा रहँदै आएको र उक्त सुरक्षा बलले देश बाहिर गोप्य गतिविधिहरू गर्ने गरेको अमेरिकी दावी छ ।

जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । उहाँले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा पनि लडेको अनुभव रहेको थियो । रासस/एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय