scheduleमगलवार फाल्गुन १३ गते, २०७६

वामदेव शर्तले रोकिए, नारायणकाजी निशर्त गए

काठमाडौं, १९ पुस । संघीय, प्रदेश र स्थानीय तहको चुनाव हारेका चार नेतालाई नेकपाले जित्ने पक्का भएको राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएका नारायणकाजी श्रेष्ठ गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए ।

प्रदेश ५ बाट अपांगता कोटामा राष्ट्रिय सभाको उम्मेदवारमा अघि सारिएका जगप्रसाद शर्मा पनि प्रदेश सभाको निर्वाचनमा दाङ–३ ‘क’ पराजित भएका थिए । कांग्रेस नेता डिल्लीबहादुर चौधरीसँग उनी पराजित भएका थिए । त्यस्तै तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भगवती न्यौपानेलाई पनि उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ । उनी मेयरमा कांग्रेस उम्मेदवार उदयराज गौलीसँग पराजित भएकी थिइन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित विमला घिमिरेलाई प्रदेश ५ बाट उम्मेदवार बनाउन अघि सारिएको छ ।

‘हाम्रो पार्टीको नीति हारेका नेतालाई राष्ट्रिय सभामा लैजानुपर्छ भन्ने होइन । सचिवालयमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई संसद्मा भूमिका खेल्ने गरी ल्याउनुपर्छ भन्ने थियो । त्यसमा वामदेवले मान्नुभएन, नारायणकाजीले मान्नुभयो,’ नेता झलनाथ खनालले भने, ‘अन्य नेताको हकमा कुनै मापदण्ड थिएन ।’

बैठकमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने विषयमा गम्भीर छलफल भएको थियो । तर, गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो सुनिश्चितता गर्नुपर्ने सर्त राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष प्रचण्डले अस्वीकार गरेका थिए । ‘ससर्त उम्मेदवार बनाउन सकिन्नँ’ भन्दै नेतृत्वले उनको माग अस्वीकार गर्‍यो । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका अर्का सचिवालय सदस्य श्रेष्ठ भने उम्मेदवार बन्न सहजै तयार भए ।

स्रोतका अनुसार राष्ट्रिय सभा उम्मेदवार छान्न बसेको नेकपा सचिवालय बैठकमा सुरुमै अध्यक्षद्वय ओली र प्रचण्डले गौतम तथा श्रेष्ठलाई राष्ट्रिय सभामा जान प्रस्ताव गरेका थिए । दुई अध्यक्षको प्रस्ताव आएलगत्तै गौतमले आफ्नो सर्त अगाडि सारेका थिए । सचिवालयका एक सदस्यले गौतमको भनाइ उद्धृत गर्दै भने, ‘मलाई सांसद मात्रै बन्नु छैन । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन भए म जान्छु, नत्र जान्नँ ।’ नयाँ पत्रिका दैनिकमा बीरेन्द्र ओलीले खबर लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय