scheduleमगलवार फाल्गुन १३ गते, २०७६

एमसीसीबारे निर्णय गर्न नेपाल स्वतन्त्र छः चीन

काठमाडाैं, १९ पुस । चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् ।

‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ । त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिन सक्छ । तर, यो नेपालको आफ्नो हितमा हुनुपर्छ । यस्ता विषयमा नेपाल स्वतन्त्र छ ।’

चिनियाँ दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा होउले भनिन्, ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन । आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्विकार गर्ने निर्णय स्वतन्त्र राष्ट्रको रहन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय