scheduleसोमवार आश्विन १२ गते, २०७७

यस्तो चिज, जसका लागि एक वर्ष सेक्स त्याग्न तयार छन् जर्मनहरु … !

एजेन्सी । जर्मनीमा केही समय अगाडि गरिएको एक अनुसन्धानमा सोधिएको थियो, ‘दश लाख युरो पाउनका लागि तपाईं के गुमाउन तयार हुनुहुन्छ ?’ सहभागीहरुले यस्तो जवाफ दिए, जुन तपाईंको कल्पना भन्दा बाहिरको हुनसक्छ ।

सर्वेमा सहभागीमध्ये सबैभन्दा धेरै अर्थात् ३९ प्रतिशतले यति पैसाका लागि एक वर्षसम्म सेक्स नगरी बस्न तयार हुने बताए । यस्तै २७ प्रतिशत सहभागी आफ्नो ड्राइभिङ लाइसेन्स त्याग्न सहमत भए । मतलब उनीहरु जिन्दगीभर गाडी त्याग्न तयार छन् ।

यस्तै ७ प्रतिशतले तीन वर्षका लागि आफ्नो जीवन नै सुम्पिन तयार रहेको जवाफ दिए । यसैगरी दुई प्रतिशतले आफ्ना पाँच ज्ञानेन्द्रीय (नाक, कान, आँखा, जिभ्रो, छाला) मध्ये एक गुमाउन तयार रहेको बताए ।

अझ एक प्रतिशत त विकलाङ्ग हुन तयार देखिए ।

यस्तो नतिजा ‘हामी जर्मन र धन’ नामक सर्वेमा सामने आएको हो । अब यसलाई एउटा पुस्तकको रुप दिइँदैछ । गएको अप्रिलदेखि जुन महिनासम्म भएको सर्वेमा करिव दुई लाख मानिस सहभागी भएका थिए ।

सर्वेले जर्मनहरु आफ्नो पैसा कहाँ राख्छन् भन्ने कुरा पनि बाहिर ल्याएको छ । सहभागीमध्ये अधिकांशले बचतमा रुची रहेको बताए । यद्यपी यसरी बैंकहरुमा राखिएको पैसाको व्याजदर नगन्य छ । यस्तै २५ प्रतिशतले आफ्नो पैसा शेयर बजारमा कहिल्यै नलगाउने बताए । किनकी उनीहरुलाई आजको अर्थ व्यवस्थामाथि नै शंका छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय