scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अमेरिकी सेना फिर्ता पठाउने इराकी संसदको निर्णय

एजेन्सी, २१ पुस । इराकी संसदले अमेरिकी तथा अन्य विदेशी सेनालाई इराक छोड्न भनेको छ । आइतबार बसेको संसदको विशेष बैठकले अमेरिकी सेना र अन्य विदेशी सेनालाई इराक छोड्न भनेको हो ।

वरिष्ठ इरानी जनरल कासिम सुलेमानीको हत्यालगत्तै अमेरिका र इरानबीच तनाव चर्कँदै गएपछि इराकी संसदले विदेशी सेना फिर्ता गर्नेसम्बन्धी एक प्रस्ताव पारित गरेको छ ।

Dish_Home

विदेशी सेना हटाउनेसम्बन्धी संसदमा पेश गरिएको एक प्रस्ताव इराकी संसदले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमाथि नाकाबन्दी लगाउने धम्की दिएका छन् ।

साथै इराकमा बनाइएका अत्याधुनिक हवाइ शिविरसहित अन्य पूर्वाधारमा खर्च भएको रकम इराकी सरकारले भुक्तान गर्नुपर्ने समेत ट्रम्पको भनाइ छ ।

 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय