scheduleआइतवार मंसिर १४ गते, २०७७

‘भाग्यमानी’ बालकलाई डस्टबिनबाट जिवितै उद्वार गरियो

एजेन्सी, २२ पुस । सिंगापुरमा डस्टबिनभित्र एक बालक जिवितै फेला परेका छन् । फोहोर संकलकले डस्टबिनबाट एक बालकलाई उद्वार गरेको सिंगापुरको स्ट्रेट्स टाइम्स ले जनाएको हो ।

प्रहरीले डस्टबिनबाट मंगलबार एक बालक जिवितै फेला परेको र हाल उनको उद्वार गरिएको बताएको छ ।

फोहोर संकलकले ती बालकलाई एउटा भवन नजिकै राखिएको डस्टबिनभित्र फेला पारेका थिए । प्लाष्टिकको झोलाभित्र बेरेर राखिएका ती बालक जिवितै थिए ।

स्ट्रेट्स टाइम्सले एक व्यक्तिले बालकलाई काखमा लिएको, क्लिनरले डस्टबिन हेरिरहेको र प्रहरीले उक्त भवन वरपर घेरा हालेको तस्बिर समेत सार्वजनिक गरेको छ ।

सिंगापुर जस्तो सम्पन्न मुलुकमा यस खालको घटना बिरलै हुने गर्छ । सिंगापुरमा जन्मदर घट्दै गइरहेको बेला डस्टबिनभित्र बालक जिवितै फेला परेको घटनाले सबैलाई आश्चर्यमा पारेको छ ।

सन् २०२८ मा सिंगापुरको जन्मदर ८ वर्षयता कै कम रहेको थियो । १० वर्षको अवधिमा १६ जना बालबालिकालाई बेवारिसे अवस्थामा छोडिएको समाचारमा जनाइएको छ ।

मंगलबार डस्टबिनबाट उद्वार गरिएका बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले बताएको छ । साथै उनको अवस्था स्थिर रहेको समेत प्रहरीको भनाइ छ ।

मंगलबार बिहान नर्थ स्ट्रिट ३ मा रहेको भवन नं ५३४ नजिकै रहेको एक डस्टबिनमा एक बालक जिवितै भेटिएका हुन् । ती बालकलाई फोहोर तथा फुड प्याकेजिङका झोला रहेको डस्टबिनबाट जिवितै उद्वार गरिएको छ । उनलाई रगत लतपतिएको एक प्लाष्टिकको झोलाबाट जिवितै उद्वार गरिएको हो ।

क्लिनरहरुले उक्त डस्टबिन सफा गर्न लाग्दा बालकलाई बेरेर राखिएको एक प्लाष्टिकको झोला देखेका थिए । प्लाष्टिकको झोलामा जिवितै फेला परेका बालक भर्खरै जन्मेको समेत बताइएको छ ।

डस्टबिनबाट अन्य फोहोर निकाल्दै गर्दा प्लाष्टिकको झोलामा रोहिरहेका एक बालक फेला परेको पतवरिशामिन नामका एक क्लिनरले बताए । उनले लगत्तै अलजुनियड हुहाङ टाउन काउन्सिललाई खबर गरेका थिए ।

जिवितै फेला परेका बालकलाई एम्बुलेन्समा राखेर तत्कालै केके महिला तथा बाल अस्पतालमा लगिएको थियो ।

‘भवनमुनि रहेको कार पार्कमा एउटा एम्बुलेन्स देखेँ’, ब्रेकफास्टका लागि नजिकैको कफी शपतिर हिडिरहेका ७२ वर्षीय लिम योक लियाङले भने, ‘एक प्रहरीले कपडामा राखेर एकजना बालकलाई बोकिरहेका थिए ।’

‘ती बालक शान्त देखिन्थे र उनले सास फेरिरहेको जस्तो लाग्थ्यो’, लियाङले थपे ।

वर्कर्स पार्टीका महासचिव तथा सांसद प्रितम सिंहले डस्टबिनमा जवजाता शिशु फालिएको देखेपछि आफ्नो मनमा धेरै कुरा खेलेको बताए ।

‘यदि फोहोर संकलकले ती भाग्यमानी बालकलाई फेला नपारेको भए उनलाई कम्प्याक्टरले धूलोपिठो बनाउथ्यो । सिंगापुर प्रहरी तथा फोहोर संकलकलाई धन्यवाद छ’, सिंहले भने ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay