scheduleसोमवार जेष्ठ १२ गते, २०७७

प्रदेश ३ : नेकपा संसदीय दलको बैठक स्थगित

हेटौँडा, २६ पुस । मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौँडामा बिहीबार बिहानदेखि बसेको बैठक  शुक्रबार ११ बजेसम्मलाई स्थगित  नेकपा संसदीय दलको बैठक फेरि स्थगित भएको छ।भएको मुख्य सचेतक रामेश्वर फुँयालले जानकारी दिए ।

उक्त बैठकमा संसदीय दलका नेता डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, मन्त्री, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह-इन्चार्ज काशीनाथ अधिकारी, प्रदेशका पदाधिकारीलगायतको सहभागिता रहेको बताइएको छ ।

Dish_Home

संसदीय दल मात्र नभई अन्य दलहरूसँग  छलफल गरेर नाम र राजाधानीको विषय सर्वसम्मत ढंगले टुङ्ग्याउने प्रयास भइरहेको  प्रमुख सचेतक फुँयालले बताए ।

आज पनि संसदमा प्रदेश ३ को राजधानीबारे सांसदले धारणा राख्‍ने भएका छन्। बुधबार बोल्न बाँकी सांसदले बिहीबार राजधानीको बारेमा आफ्नो धारणा राख्ने भएका हुन्। बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा सांसदले राजधानी अध्ययन विशेष समितिले तयार पारेको प्रतिवेदन र प्रतिवेदनमा राजधानीका लागि तोकिएका काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरबारे आफ्नो धारणा राख्ने छन्।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय