scheduleमगलवार फाल्गुन १३ गते, २०७६

किन भन्ने गरिन्छ ? ‘महिलाको पेटमा कुरा अडिँदैन’

एजेन्सी । हामी सबैलाई थाहा छ, महिलाहरु कुनै पनि कुरालाई लामो समयसम्म छिपाइराख्न सक्दैनन् । ‘अरुलाई नभन्नु नि !’ भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् ।

यसरी गोप्य कुरा कसैलाई चुहाउने उनीहरुको नियत त पक्कै पनि हुँदैन । तर, यस्ता कुरा एक न एकजनालाई नभनी बस्न सक्ने धैर्यता पनि पाइन्न । कसैलाई नभन्दासम्म उकुस-मुकुस हुन्छ, अनि भनिहाल्छन् ।

अग्रजहरुले पटक-पटक भनेको सुनेका छौँ, ‘महिलाको पेटमा कुनै कुरा अडिन्न !’ तर किन त ? विश्वासिलो कारण आजसम्म कसैले भनेन । बुढापाकाले भन्थे, ‘महिलाको घाँटीमा रुद्रघण्टी हुँदैन, त्यसकारण पेटमा कुरा अडिन्न ।’ तर, यो कुरामा सायदैले विश्वास गरेका होलान् । अहिले आएर अनुसन्धानले विश्वास गर्न लायक तथ्य पत्ता लगाएको छ ।

अन्तराष्ट्रियस्तरमा हालै गरिएको एक रिसर्चबाट पत्ता लागेको छ, ‘महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् ।’

यसको मुख्य कारण महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल (भावनात्मक) हुनु नै हो । त्यसैले त महिलाहरुलाई इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ ।

यसका साथै महिलाहरुमा अरुको गोप्य कुरा जान्ने उत्सुकता पनि तुलनात्मकरुपमा बढी हुन्छ । उनीहरु छिमेकीदेखि आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि चासो राख्छन् ।

जब कुनै पनि नयाँ कुरा थाहा हुन्छ, तब त्यसलाई आफैँमा सिमित राख्नु बोझ बन्न थाल्छ । दिमाग भारी हुन्छ । अनि त्यसबाट मुक्ति पाउन अनकन्सस माइन्डलेले नै उनीहरुलाई सो कुरा व्यक्त गर्न प्रेरित गर्दछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय