scheduleसोमवार फाल्गुन १२ गते, २०७६

देशभक्ति के हो ? छुटाउनै नहुने एउटा प्रसंग

पछिल्लो समय नेपालमा राष्ट्रवाद र देशभक्तिको बहस चलिरहेको छ । सामान्यतः राष्ट्रवाद शासकहरुले र देशभक्ति जनताको सन्दर्भमा प्रयोग गरिने शब्द हो । शासकहरुले आफ्नो सत्ता टिकाउन र स्वार्थका लागि जनताको भावना भड्काउन नेपालमा राष्ट्रवादको प्रयोग गरिरहेको पाइन्छ भने जनताको देशप्रतिको माया देशभक्ति हो ।

यहाँ स्वामी विवेकानन्दको जापान भ्रमणको सन्दर्भमा एक जापानी बालकले प्रस्तुत गरेको देशभक्तिको प्रसंगलाई प्रस्तुत गरिएको छ ।

स्वामी विवेकानन्द आफ्नो जापान भ्रमणको एउटा अविष्मरणिय क्षणको व्यहोरेका थिए । 

उनी जापानको पसलबाट केही स्याउहरू किनेर फर्किनै लाग्दा एउटा सानो केटो अगाडी उभिन्छ र भन्छ, ‘त्यो स्याउ मलाई दिनुस्, मसँग धेरै पैसा त छैन तर पनि म तपाईलाई परेको मोल चुकाउँछु ।’

विवेकानन्द आश्चर्यमा पर्दै सोध्छन् ‘किन बाबु ?’

केटोले जवाफ दिन्छ, ‘त्यो साहुजीले स्याउ हाल्दा केही बिग्रिएको स्याउ पनि हालेको छ, तपाई हाम्रो देशको पाहुना हो, भोलि तपाई आफ्नो देश गएर भन्नुहुनेछ जापानीहरू ठग हुँदारहेछन् । म यसो हुन दिन्नँ, यसैले कृपया त्यो स्याउ मलाई बेच्नै पर्दछ ।’

विवेकानन्दले भने, ‘होइन बाबु !म त्यसो भन्नेछैन, बरू भन्नेछु जापानका साना बच्चाहरू समेत राष्ट्रभक्त हुँदारहेछन् ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय