scheduleमगलवार फाल्गुन १३ गते, २०७६

शौचालयको सिटभन्दा फोहोर हुन्छ धेरै प्रयोग गरिने प्लाष्टिकको बोत्तल

एजेन्सी । भनिन्छ, मानिस भोजनबिना बाँच्न सक्छ, तर पानीबिना बाँच्न सक्दैन । योभन्दा बढी जरुरी हुन्छ सफा पानी पिउनु । किनकी पानीबाट धेरैभन्दा धेरै बिरामी फैलन्छ । तर हाम्रो बानी छ कि एउटै बोत्तलमा पटक पटक पानी पिउने र विभिन्न व्यक्तिले पानी पिउने । यो एकदम गलत अभ्यास हो । आउनुहोस्, यसको कारण जानौं–

ट्रेड मिल रिभ्यूजको एक नयाँ अनुसन्धानबाट एउटै बोत्तलमा पटक–पटक पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नहुने तथ्य पत्ता लागेको छ । किनकी यस्तो बोत्तल शौचालयको सिट जस्तै फोहोर हुन्छ । त्यसमा अत्यधिक किटाणु हुन्छन् । पटक पटक प्रयोग भइसकेको पानीको बोत्तललाई प्रयोगशालामा परीक्षण गर्दा यस्तो तथ्य फेला परेको हो ।

एक हप्तासम्म प्रयोग भएको बोत्तलको एक वर्ग सेन्टीमिटरमा किटाणुको ९,००,००० किटाणु पाइएको हो । यो शौचालयको एक सिटमा पाइने भन्दा बढी हो । अब तपाईंले अनुमान गर्न सक्नुहुन्छ, पुरानो बोत्तलबाट पानी पिउँदा हामीले कति किटाणु पिइरहेका हुन्छौं ? यसरी पानी पिउँदा शरीरमा अत्यधिक ब्याक्टेरिया प्रवेश गर्दछ ।

यो अनुसन्धानमा अर्को अचम्भित पार्ने कुरा पनि बाहिर आएको छ, यी किटाणुहरुमा ६० प्रतिशत यस्ता हुन्छन् जसले हाम्रो शरीरलाई बिरामी बनाउँछन् ।

अनुसन्धानको क्रममा झनै पुराना बोत्तलका मुखमा धेरै किटाणु भेटिए । प्लास्टिक बोत्तलको तुलनामा धातुको भाँडो बढी सफा भेटिएको छ । बोत्तललाई समयसमयमा सफा गर्नु आवश्यक हुन्छ, दिनमा एकपटक सफा गर्नु अझ उत्तम हुने अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय