scheduleबुधवार आषाढ़ २४ गते, २०७७

प्रेम सम्बन्ध तोडेको झोंकमा… यस्तोसम्म गरे

एजेन्सी, २५ पुस । पूर्व प्रेमीले नाकको टुप्पो टोकेपछि एकजना महिलाले सर्जरीका गर्ने तयारी गरेकी छन् ।

प्रेम सम्बन्ध अन्त्य गर्ने घोषणा गरेपछि रिसले चुर बनेका आफ्ना प्रेमीले नाकको टुप्पो टोकेर निकालेको २४ वर्षीया एलिसन डेनिल्कोले बताएकी छन् । सम्बन्ध तोड्न खोज्दा रिसले चुर बनेका ३० पूर्व प्रेमी निक ग्रेवालले उनको नाकको टुप्पो टोकेर निकालेका थिए ।

क्यानाडाको टोरोन्टोमा नयाँ वर्ष मनाउन गएका बेला डेनिल्को र निकबीच भनाभन भएको थियो । निकको घरमा पुगेपछि अवस्था थप चर्किन गएको थियो । सोही क्रममा निक एलिसनमाथि जाई लागेका थिए ।

आफ्नो डाहा र इर्ष्या गरेर निक रिसाएको र आफूमाथि हमला गरी नाकको टुप्पो टोकेर फालेको एलिसनले बताएकी छन् । ‘निकले मेरो डाहा गर्थे किनभने मसँग बाहिर गएर जीवनलाई सुन्दर बनाउने योजना थियो तर उनीसँग कुनै योजना वा लक्ष्य नै थिएन’, उनले सुनाइन्, ‘उनले मेरो सुन्दरता बिगार्ने प्रयास गरेका छन् तर मेरो आत्मा बिगार्ने मौका दिने छैन ।’

निकले जनवरी १ गते एलिसनमाथि भौतिक आक्रमण गरी नाक टोकिदिएका थिए । ‘नयाँ वर्ष मनाउन जानुपूर्व हामीबीच झगडा भएको थियो र मध्यरातमा क्लब गएका बेला उनले अनौठो व्यवहार गरेका थिए’, एलिसनले भनिन्, ‘उनले मेरो टाँक तान्ने प्रयास गर्दै मलाई ‘कुकुर्नी’ भने जुन कुरा मलाई मन नपर्ने उनलाई थाहा थियो । उनले झगडाको निहुँ खोजिरहेका थिए ।’

‘क्लबबाट निस्केपछि हामी दुबैजनाबीच भनाभन भएको थियो । म जनवरी ७ गतेदेखि कोस्टारिकामा गएर स्वयंसेवक बन्दै थिए । त्यही भएर मेलै हाम्रो प्रेम सम्बन्ध अन्त्य भएको भने’, एलिसनले थपिन्, ‘उनले सम्बन्ध अन्त्य नगर्न भने र बाथरुपमा गएको बेला छेके । म सहयोगका लागि चिच्याएँ र उनले मेरो घाँटीमा औंलाले थिचे । तर म चिच्याउँन छोडिनँ ।’

‘उनले मलाई डरलाग्दो तरिकाले हेरे र मेरो नाक टोके । नाकबाट रगत बग्न थाल्यो । म त्यहाँबाट भाग्न खोज्दा समेत उनले रोक्न खोजेका थिए । तर त्यहाँबाट भाग्न सफल भएँ र छिमेकीको घरमा गएर ढोका ढकढक्याउँदै प्रहरीलाई खबर गरे । उनले मेरो नाकको टुप्पो नै टोकेर निकालेको कुरा २ घण्टापछि ऐनामा हेरेपछि मात्रै थाहा भयो जसले गर्दा म निकै तनावमा परेँ’, एलिसनले सुनाइन् ।

पछि निकको घरमा गएर प्रहरीले एलिसनको नाकको टुप्पो खोजेका थिए । तर कुकुर लगाएर खोज्दा पनि नभेटिएको एलिसनले बताइन् । ‘निकको घरमा गएको तर नाकको टुप्पो नभेट्टिएको प्रहरीले सुनाए’, उनले भनिन्, ‘निकले मेरो नाकको टुप्पो खाएको वा फ्लस गरेर ट्वाइलेटमा बगाएको हुन सक्छन् । उनी निकै खराब मान्छे भएकाले दुईमध्ये एउट गरेका हुन सक्छन् ।’

अहिले एलिसनले आफ्नो नाकको प्लास्टिक सर्जनीका लागि चाहिने १० हजार डलर संकलन गरिरहेकी छन् । डाक्टरले कानबाट मासु निकालेर उनको नाकमा राख्ने बताएका छन् । सर्जरीपछि कोस्टारिका जाने उनको भनाइ छ ।

‘सर्जरीपछि कोस्टारिका गएर स्वयंसेवक बन्ने छु र त्यसपछि थाइल्याण्डमा गएर बारटेन्डिङको कोर्स गर्नेछु’, एलिसनले आफ्नो भावी योजना सुनाइन्, ‘दुर्व्यवहारपूर्ण सम्बन्धमा रहेका अन्य महिलालाई उनीहरूको पीडा बाहिर ल्याउन प्रयास समेत गर्ने छु ।’

एलिसनले यसअघि समेत निकले आफूमाथि भौतिक आक्रमण गरेको बताइन्।  त्यस्तै आफूहरूको सम्बन्ध राम्रो नभएको समेत एलिसनले सुनाइन् । उने भनिन्- ‘हाम्रो सम्बन्ध राम्रो थिएन । निकले सामान्य कुरामा पनि झगडा गर्न खोज्थे, उनले गीत परिवर्तन नगरेको भन्नेमा समेत झगडा गर्थै । दोस्रो पटकको झगडामा उनले यतिसम्म गर्छन् भन्ने थाहा भएको भए म उनीसँग जाने नै थिइनँ ।’

एलिसनले घरेलु हिंसाबाट पीडितको आवाजलाई बाहिर ल्याउन आफूले उक्त घटनाबारे सबैलाई भनेको समेत बताइन् । ‘उक्त घटनाबारे मैले खुलेर कुरा गरेकी छु किनभने दुर्व्यवहारपूर्ण सम्बन्धमा रहेका सबैका लागि आवाज बन्न चाहन्छु’, उने भनिन्, ‘म पीडित मात्रै होइन, हिंसाबाट बाँचेकी महिला पनि हुँ । यो घटनाले मलाई परिभाषित गर्न सक्दैन । घटना बाटोको एउटा ठेस मात्रै हो र बाटो नै अन्त्य भएको होइन ।’

निक यही जनवरी २८ गते मिल्टन अदालतमा उपस्थित हुँदैछन् । उनीमाथि गम्भीर हिंसा गरेको, जबरजस्ती थुनेको जस्ता आरोप लगाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय