scheduleबुधवार जेष्ठ १४ गते, २०७७

सेना फिर्ता लैजान बग्दादले गरेको अनुरोध वासिङ्टनद्वारा अस्वीकार


वाशिङ्टन, २५ पुस । इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने, ‘यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।’

‘अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन । तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ,’ उनले भने ।

Dish_Home

अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित छ जनाको मृत्यु भएको थियो ।

यस बिषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।

सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाई आक्रमण गरेको थियो । एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय