scheduleशनिवार श्रावण २४ गते, २०७७

यस्तो अवस्थामा भेटिए साहिद कपुर

काठमाडौँ, २७ पुस । पछिल्लो समय अभिनेत्रता साहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त रहेका छन् । तर, यसै क्रममा उनले ठुलो घटनाको सामना गरेका छन् । उनी चण्डीगढमा भएको सुटिङका क्रममा उनी घाइते भएका छन् ।

उनको अनुहारमा चोट लागेको छ । मिडिया रिपोर्टका अनुसार क्रिकेटको सिन गर्ने क्रममा उनी घाइते भएका हुन् । उनको अनुहार १६ वटा टाका लगाइएको बताइएको छ ।

उनलाई पाँच दिनका लागि आराम गर्न भनिएको छ । उनी मुम्बईमा आफ्नी श्रीमती मिरा राजपुतसँग अनुहार रुमालले छोपेको अवस्थामा देखिएका थिए ।

उनले अनुहारमा रहेको चोट लुकाएको अवस्थामा फेला देखिएका थिए ।

उनको तल्लो ओठमा क्रिकेट बल लागेपछि उनलाई तत्काल नै हस्पिटल लगिएको थियो ।

जर्सी फिल्मका लागि उनले धेरै नै मेहनत गरेको र सकेसम्म छिटो सुटिङ सकाउने तयारीमा उनी रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय