scheduleआइतवार जेष्ठ १८ गते, २०७७

तीन वर्षमा दुई पिल्लर : स्थानीयवासी भन्छन्- कहिले बन्ला खै ?

बाजुरा, २७ पुस । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ ।

विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए ।

Dish_Home

कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो भने। उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए ।

कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको  ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय