scheduleमगलवार माघ १४ गते, २०७६

अजय देवगनको फिल्म तान्हाजीले दुई दिनमा ३६ करोड कमायो

काठमाडौँ, २८ पुस । चर्चित अभिनेता अजय देवगनको फिल्म तान्हाजीले दुई दिनमा ३६ करोडको कमाई गर्न सफल भएको छ । अभिनेत्री दीपिका पादुकोणको फिल्म छप्पकसँग जुधेको यस फिल्मले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको छ ।

पहिलो दिन यस फिल्मले १५ करोड कमाई गरेको यस फिल्मले दोस्रो दिन २१ करोड कमाई गर्न सफल भएको थियो । रिलिज अगावै १३७ करोड कमाउन सफल यस फिल्मले बक्स अफिसमा एकपछि अर्को गर्दै राम्रो रिभ्यु पाएको छ ।

यस फिल्मको कुल लागत १३० करोड रहेको र २० करोड प्रचारमा खर्च भएका कारण पनि बजेट ठुलो भएको अजय देवगनले बताएका थिए । तर, स्याटलाइट राइट, गित राइट लगायत अन्य राइट बचेपछि यस फिल्मले लगभग खर्च उठाएको बताइएको थियो ।

ऐतिहासिक कथावस्तुमा निर्माण भएको यस फिल्ममा सेप अली खान भिलेनको भुमिकामा रहेका छन् । अजय र सेफले धेरै वर्षपछि गरेको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अनुमान गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय