scheduleबिहिवार माघ ९ गते, २०७६

सानैमा रेलभित्र एक्लै छोडेको भन्दै आमाविरुद्ध मुद्दा दायर, डेढ करोड क्षतिपूर्ति माग

एजेन्सी, २८ पुस । एक व्यक्तिले आफ्नी आमालाई क्षतिपूर्ति स्वरुप भारु १ करोड ५० लाख दिन भन्दै मुम्बई हाइकोर्टमा मुद्दा दायर गरेका छन् ।
चालिस वर्षीय मेकअप आर्टिस्ट श्रीकान्त सबनिसले आफ्नी आमालाई क्षतितपूर्ति स्वरुप १ करोड ५० रुपैया दिन भन्दै मुम्बइस्थित उच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
श्रीकान्तले ३८ वर्ष पहिला आामाले आफूलाई रेलमा एक्लै छोडेको र त्यसबापत आफूले भोगेको मानसिक पीडाका लागि क्षतिपूर्ति स्वरुप उक्त रकम दिनुपर्ने उल्लेख गरेका छन् ।
आमाले फिल्म इन्डस्ट्रीमा काम गर्नका लागि आफूलाई रेलमा एक्लै छोडेको श्रीकान्तको आरोप छ । क्षतिपूर्ति दाबीसम्बन्धी मुद्दामा आमा आर्ती महास्कर सन् १९८१ मा पुनेबाट मुम्बई आएको र मुम्बई आउनेबित्तिकै आफूलाई रेलमा छोडेको उनले उल्लेख गरेका छन् ।
रेलमा छोड्ना श्रीकान्त २ वर्षका थिए । उनलाई रेलवेका एक अधिकृतले फेला पारेर अनाथालयमा लगेका थिए । अनाथालयमा हुँदा भिखारीको जीवन बिताएको श्रीकान्तले बताए । पछि श्रीकान्तलाई उनकी हजुरआमाले अनाथालयबाट उद्वार गरी पालेकी थिइन् । त्यसपछि उनी मामलीमा हुर्केका थिए ।
श्रीकान्तका वकिलले उनकी आमा आर्तीबारे सन् २०१७ मा जानकारी हात पारेका थिए । त्यसको एक वर्षछि वकिल र आर्तीको भेट भएको थियो ।
समाचार अनुसार आमा आर्तीले काबुभन्दा बाहिरको अवस्था आएकाले श्रीकान्तलाई रेलमा नै छोड्नु परेको बताएकी छन् । आर्ती र उनका हालका श्रीमानले श्रीकान्तलाई आफ्नोबारेमा अन्य छोराछोरीसामु नभन्न आग्रह समेत गरेको समाचारमा उल्लेख छ ।
आर्तीको पहिलो विवाह दिपक नामक व्यक्ति वा श्रीकान्तका बाबुसँग भएको थियो ।
सानै उमेरमा आमाले छोड्दा आफूले कहाली लाग्दो जीवन बिताएको श्रीकान्त भनाइ छ । आर्तीले आफूलाई छोराको रुपमा स्वीकार गर्नुपर्ने र मानसिक एवं नैतिक क्षतिका लागि क्षतिपूर्ति स्वरुप १ करोड ५० दिनु पर्ने श्रीकान्तको दाबी छ ।
default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय