scheduleबिहिवार माघ ९ गते, २०७६

सेल्फीका लागि चर्चित डाइमण्ड बेबाट खसेर मोडेलको ज्यान गयो

एजेन्सी, २८ पुस । सिड्नीको चर्चित पर्यटकीय स्थल डाइमण्ड बेबाट खसेर एक बेलायती मोडेलले ज्यान गुमाएकी छन् ।

बेलायतबाट अष्ट्रेलिया घुम्न गएकी २१ वर्षीया मोडेल मेडलिन डेभिसको आइतबार मृत्यु भएको हो । डाइमण्ड बेबाट समुन्द्रमा खसेर उनको ज्यान गएको समाचारमा बताइएको छ ।

डेभिस अष्ट्रेलियामा नै क्यारिअर सुरु गर्ने योजनामा रहेको उनका साथीहरूले बताएका छन् । उनी एक कुशल मेकअप आर्टिस्ट समेत थिइन् ।

डेभिस इङ्ल्याण्डबाट नयाँ वर्षको पूर्वसन्ध्यामा अष्ट्रेलिया आएकी थिइन् । सेल्फीका लागि चर्चित मानिएको डाइमण्ड बेको किनारामा बसेर सूर्योदय हेर्ने क्रममा डेभिस खसेकी थिइन् । उनीसँगै ७ जना साथीहरू तार नाघेर किनारमा गएको र सोही क्रममा डेभिस खसेको समाचार माध्यमले जनाएका छन् ।

डाइमण्ड बे

बेबाट एक महिला खसेको सूचना पाएलगत्तै अधिकारीहरूले डुङ्गा र हेलिकप्टर परिचालन गरेका थिए । त्यसक्रममा डेभिसको शव फेला परेको थियो ।

गत अगस्टमा समेत डाइमण्ड बेमा सेल्फी खिच्ने क्रममा खसेर एक महिलाको ज्यान गएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय