scheduleमगलवार आषाढ़ ३० गते, २०७७

बार्सिलोनाद्वारा भलभरडेको अपमान

काठमाडौँ, २९ पुस । दुई सिजन लगातार बार्सिलोनालाई ला लिगा उपाधि जिताउन सफल प्रशिक्षक अरनेष्टो भलभरडे बर्खास्तीले मिडियामा ठुलै चर्चा लिएको छ । कतिले उनको बर्खास्तीलाई ठीक निर्णय भएको बताएका छन् ।

तर, कतिले उनको अपमान गरिएको बताइएको छ बार्सिलोनालाई चारवटा उपाधि जिताउन सफल उनी यस सिजन आलोचित मात्र भएका थिए ।

स्पेनिस लिग ला लिगामा बार्सिलोना शिर्षस्थानमा रहेका छन् । तर, प्रमुख उपाधि दौडमा बार्सिलोना बारम्बार चुकेपछि उनलाई बर्खास्त गर्नुपर्ने अन्तिम निर्णय भएको बताइएको छ ।

बार्सिलोना च्याम्पियन्स लिगमा लगातार दुई पटक पछारिएपछि उनको रणनीतिप्रति फ्यानहरुले प्रश्न उठाउँदै आएका थिए तर, क्लबले भने उनलाई साथ दिदै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय