scheduleशनिवार श्रावण २४ गते, २०७७

संगठित अपराधको परिणामः मेक्सिकोमा थप २९ वटा शव फेला

एजेन्सी, २९ पुस  । मेक्सिकोमा सामूहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ ।

देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ ।

त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।

अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामूहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो ।

मेक्सिकोका विभिन्न ठाउँमा सामूहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय