scheduleमगलवार श्रावण २७ गते, २०७७

जहाजमा मिसाइल प्रहार गरेको आरोपमा ३० जना पक्राउ

एजेन्सी, २९ पुस । इरानले युक्रेनी जहाज दुर्घटनासँग जोडिएका झण्डै ३० जना पक्राउ गरेको छ ।

मंगलबार इरानी सरकारले युक्रेनी जहाजमा मिसाइल प्रहार भएको घटनासँग जोडिएको भन्दै ३० जनालाई पक्राउ गरेको हो ।

इरानी सेनाले जहाजमा त्रुटिवश मिसाइल प्रहार गरेको स्वीकार गरेपछि राजधानी तेहरानसहित विभिन्न शहरमा विरोध स्वरुप प्रदर्शन भइरहेका छन् ।

गत बुधबार तेहरानबाट युक्रेनको राजधानी कियभतर्फ गइरहेको जहाजमा मिसाइल प्रहार हुँदा जहाजमा सवार १७६ जनाको ज्यान गएको थियो ।

इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिन भन्दै इराकस्थित २ वटा अमेरिकी हवाइ अखडामा ब्यालिस्टिक मिसाइल प्रहार गरेको केही समयपछि युक्रेनी जहाजमा मिसाइल प्रहार भएको थियो ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय