scheduleसोमवार फाल्गुन १२ गते, २०७६

मोउरिन्होको नजरमा तीन जना खेलाडी

काठमाडौँ, १ माघ । टोटेनहमका स्टार खेलाडी ह्यारी केन चोटका कारण करिब चार महिना मैदान बाहिर रहने भएपछि प्रशिक्षक जोसे मोउरिन्हो नयाँ वैकल्पिक खेलाडीको खोजीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी नजरमा तीन जना खेलाडीहरु रहेका छन् ।

पिएसजीका स्टार खेलाडी इडिसन काभानीलाई उनले अनुबन्ध चाहेको बताइएको छ । त्यस्तै लोनमा क्रिस्टल प्यालेसका खेलाडी क्रिस्टियन बेनटेके पनि नजरमा रहेको बताइएको छ ।

उनको विकल्पमा साउथह्याम्पटनका स्ट्राइकर ड्यानी इंग्सलाई अनुबन्ध गर्ने तयारी भइराखेको बताइएको छ ।

यस सिजन विभिन्न उपाधि दौडका लागि पनि टोटनहमलाई नयाँ खेलाडीहरुको आवश्यकता रहेको उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय