scheduleबिहिवारबैशाख ९ गते, २०७८

ललितपुरबाट विप्लव समूहका २ नेता पक्राउ

काठमाडौं, १ माघ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ नेतालाई पक्राउ गरेको छ ।

विप्लव नेकपाका ललितपुर सेक्रेटरी रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले डंगोललाई बुधबार दिउँसो ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको हो । डंगोलसँगै युवा संगठन प्रमुख स्याङतान पनि पक्राउ परेका हुन् ।

प्रहरीले डंगोल र स्याङतान चन्दा संकलन तथा एनसेल टावरमा क्षति गर्ने कार्यमा संलग्न रहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay