scheduleआइतवार आश्विन ११ गते, २०७७

पिएसजीको जितमा एमबाप्पेको दुई गोल

काठमाडौँ, २ माघ । गएराति भएको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मोनाकोलाई ४–१ गोलले पराजित गरेको छ । पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गर्न सफल भएका थिए । मोनाकोका तैमौके बकायोकोले सान्तोना एक गोल गरे ।

एम्बाप्पेले पिएसजीका लागि खेलको २४ औ मिनेटमा गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा नेयमारले पेनाल्टीमार्फत गोल गरे ।

पिएसजीका लागि सर्बियाले ७२ औ मिनेट गोल गरे ।

मोनाकोका बकायोकाले एक गोल फर्काए । तर, उच्च फर्ममा देखिएको पिएसजी अगाडि मोनाकोको केही सिप चलेन ।

खेलको अन्तिम समयमा एम्बाप्पेले गोल गरे । यो जितसँगै पीएसजीले २० खेलबाट ४९ अंक जोड्न सफल भएको छ ।मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय