scheduleसोमवार फाल्गुन १२ गते, २०७६

नयाँ प्रशिक्षकले बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउँन सक्लान् त ?

काठमाडौँ, २ माघ । बार्सिलोनाले हालै नयाँ प्रशिक्षक क्युनिक सेटिनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । प्रशिक्षक अरनेष्टो भलभरडेलाई बर्खास्त गर्दै बार्सिलोनाले उनलाई जिम्मेवारी सुम्पेको हो । यस सिजन बार्सिलोना स्पेनिस लिगको शिर्षस्थानमा रहेको छ ।

तर, स्पेनिस लिगमा बार्सिलोनाको खेल राम्रो भएपनि च्याम्पियन्स लिग र अन्य उपाधि दौडमा पछि परेपछि भलभरडे बर्खास्तीमा परेका हुन् ।

अब सेटिनले बार्सिलोनालाई कसरी अगाडि बढाउने हुन् त्यो भने रोचक विषय रहेको छ । उनले बार्सिलोनाको खेलमा सुधार ल्याउने बताएका छन् ।

स्पेनिस फुटबलमा ४० वर्षको अनुभव रहेका उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउनु नै ठुलो उपलब्धि हुनसक्ने समिक्षकहरुले बताएका छन् ।

स्पेनिस लिगभन्दा पनि च्याम्पियन्स लिगलाई महत्वका साथ हेरिरहेको बार्सिलोना गएका दुई सिजन नमिठोसँग पाखा लागेको थियो । यस सिजन त्यो गल्ती दोहोराएमा सेटिन पनि आलोचित हुनेछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय