scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आन्दोलन गर्ने

फाइल फोटो

 

काठमाडौँ, २ माघ । सरकारद्वारा प्रतिबन्धित नेपाल कन्युनिस्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने जनाएको छ । नेकपाले विहीबार एमसीसी सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने जनाएको हो ।

उक्त पार्टीले माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । उक्त पार्टीले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने पनि जनाइएको छ ।

बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ । यस्तै नेकपाले जनसङ्घर्षअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महंगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।

यस्तो छ नेकपाको १५ दिने कार्यक्रम

माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने
माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने
माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने

देशव्यापी जनसङ्घर्षका कार्यक्रम

माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन
माघ १६ गते सहिद दिवस मनाउने
मघ १८ गते महंगीविरुद्ध प्रदर्शन
माघ २० गते खुला सांस्कृतिक कार्यक्रम
माघ २५ गते देशव्यापी अन्तरक्रिया

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay